साँखुमा टिप्परले दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुवै चालकको ज्यान गयो

नेपालभ्युज

साँखुमा टिप्परले दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुवै चालकको ज्यान गयो

काठमाडौं। काठमाण्डौको साँखुमा टिप्परले दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुवै मोटरसाइकलका चालकको ज्यान गएको छ ।

। शङ्खरापुर नगरपालिका–९ इन्द्रेणी चोकमा बा ५ ख २४१४ नम्बरको टिप्परले हिजो बेलुका टिपरले ठक्कर दिँदा बा ९४ प ४४९८ नम्बरको मोटरसाइकलका चालक साँखुका ५० वर्षका पवनलाल श्रेष्ठ र बा ८२ प ८३५७ नम्बरको मोटरसाइकल चालक शङ्खरापुर–९ घर भएका २२ वर्षका हरि खड्काको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

दुर्घटनामा शङ्खरापुरकै २० वर्षकी पुनम श्रेष्ठ घाइते भएकी छिन् । टिपरसहित चालकलाई पक्राउ गरिएको बौद्ध प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved