केपी ओलीले भेटे माधव नेपाल

नेपालभ्युज

केपी ओलीले भेटे माधव नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् ।

बुधबार दिउँसो शङ्खमूलस्थित किरियापुत्री भवनमा पुगी अध्यक्ष ओलीले नेपाललाई भेटेर समवेदना दिएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

नेपालका भाइ तथा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको शनिबार  निधन भएको थियो  ।

शङ्खमूलस्थित बबिन्स क्याफेको छैटौँ तलाबाट खसेर गम्भीर घाइते  भएका उनको उपचारका क्रममा शनिबार निधन भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved