राष्ट्रपति निर्वाचन तयारी पूरा : बुथमा मोबाइल प्रतिबन्ध, बेलुका ७ बजेसम्म परिणाम आइसक्ने

नेपालभ्युज

राष्ट्रपति निर्वाचन तयारी पूरा : बुथमा मोबाइल प्रतिबन्ध, बेलुका ७ बजेसम्म परिणाम आइसक्ने

काठमाडौं।  निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन कार्यालयले बिहीबार बिहान १० बजेदेखि ३ बजेसम्म मतदान गर्नेगरी सम्पूर्ण तयारी पूरा गरेको जनाएको हो ।

निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार राष्ट्रपतिमा कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । भने निर्वाचनका लागि संघीय संसद्का सदस्यहरू र प्रदेशसभाका सदस्यहरू मतदाता हुनेछन्।

दलहरूले क्रम भोट हुनसक्ने आशंका गरिरहेका बेला निर्वाचन आयोगले बुथमा मतदाताले मोबाइल फोनलगायत कानुनले निषेध गरेका उपकरणहरू बोकेर जान नपाउने जनाएको छ ।

‘सुरक्षाकर्मीले आवश्यक सुरक्षा जाँच गर्छन्, यो गोप्य मतदान हो, बुथमा जाँदा मोबाइललगायत कानुनले निषेध गरेका कुनै पनि उपकरण लैजान मिल्दैन,’ उनले भने ।

कार्यालयले संघीय सांसदहरूका लागि एक र प्रदेशसभा सदस्यहरूका लागि अर्को गरी दुईवटा मतदान केन्द्र बनाएको छ । ‘दुईवटा मतदान केन्द्र बनाइएको छ । ती मतदान केन्द्रमा आवश्यक कर्मचारीहरू खटिएर सबै तयारी पूरा भइसकेको छ,’ पौडेलले भने, ‘बिहीबार दिउँसो ३ बजेसम्म मतदानपछि मुचुल्का गर्ने र ४ बजेदेखि अन्नपूर्ण स्काई हलमा मतगणना गर्ने गरी तयारी गरिएको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved