गर्मीमा खानुपर्ने ४ फल

नेपालभ्युज

गर्मीमा खानुपर्ने ४ फल

एजेन्सी । जब हामी स्वास्थ्यको कुरा गर्छौं तब स्वास्थ्य विशेषज्ञहरुले सधैं हरियो सागसब्जी तथा ताजा र मौसमी फलफूल खाने सल्लाह दिन्छन् । यस्ता फल तथा तरकारीमा क्लोरोफिल पाइन्छ जो स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

यसको सेवनले कोलेस्ट्रोल र उच्च रक्तचापलाई सन्तुलित गर्छ साथै पाचन तन्त्रलाई पनि बलियो बनाउँछ । एक अध्ययनले दावी गरेको छ कि हरियो फलफूलले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्दछ ।

यदि तपाईं पनि यो गर्मीमा स्वस्थ रहन चाहनुहुन्छ भने दिनहुँ यी ४ प्रकारका फलफूल अवश्य खानुहोस् ।

 हरियो स्याउ

यदी तपाईं गर्मीमा स्वस्थ रहन चाहनुहुन्छ भने दिनहुँ हरियो स्याउ खाने गर्नुहोस् । यसमा आइरन, क्याल्शियम, भिटामिनहरु तथा एन्टीअक्सीडेन्ट गुण पाइन्छ । साथै हरियो स्याउमा क्वेरसेटिन भन्ने तत्व भरपूर मात्रामा पाइन्छ ।

यसले तपाईंको मानसिक स्वास्थ्यलाई एकदमै फाइदा गर्दछ । यसमा फाइबर पनि पाइन्छ । यसले पाचन शक्ति बलियो बनाउनुका साथै यसमा पाइने क्याल्सियमले हड्डी पनि बलियो हुन्छ ।

हरियो अंगुर

अंगुर पनि स्वास्थ्यका लागि वरदान नै हो । यसमा आवश्यक पोषक तत्व पोटाशियम, क्याल्शियम, भिटामिन ए, बी र सी का साथै फ्लेवोनायड्स र एन्टीअक्सीडेन्ट पाइन्छ । यी सबै पोषक तत्वहरु स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् । यसको सेवनले कोलेस्ट्रोल कन्ट्रोलमा रहन्छ ।

साथै अंगुर खाँदा शरीरमा तुरुन्तै ऊर्जाको सञ्चार हुन्छ । यसले गर्मीमा हुने थकानलाई कम गर्न पनि मद्दत गर्दछ । यो गर्मीमा नै अत्यधिक बजारमा पाइने भएकाले तपाईं नियमित यसको सेवन गर्न सक्नुहुन्छ ।

अम्बा

यदी तपाईं तनावमा हुनुहुन्छ, यसमा निस्कन चाहनुहुन्छ भने अम्बाको सेवन गर्नुहोस् । यसमा भरपूर मात्रामा म्याग्नेशियम पाइन्छ । यसले तनाव कम गर्नुका साथै मांशपेशीहरुलाई पनि बलियो बनाउँछ ।

साथै यसमा पाइने फाइबरले पाचन तन्त्रलाई राम्रो बनाउने काम गर्छ । यसमा भिटामिन ए, फोलेट, जिंक तथा कपर जस्ता पोषक तत्वहरु पाइन्छन् । भिटामिन ए आँखाका लागि पनि फाइदाजनक हुन्छ । अम्बा गर्भवती महिलाले जतिबेला पनि खान सक्छन् ।

 किवी

यसमा भिटामिन सी, ई, फोलेट र पोटाशियम जस्ता पोषक तत्व पाइन्छन् । साथै किवीमा ग्लाइसेमिक इन्डेक्स एकदमै कम हुन्छ । त्यसैले यसलाई मधुमेहका विरामीले पनि सेवन गर्न सक्छन् । यसका साथै गर्भवती महिलाका लागि पनि किवी फाइदाजनक हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved