अन्तरिम जमानतको समय थप ७ दिन बढाउन केजरीवालको माग

नेपालभ्युज

अन्तरिम जमानतको समय थप ७ दिन बढाउन केजरीवालको माग

काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो अन्तरिम जमानतको समय थप ७ दिन बढाउन सर्वोच्च अदालतमा निवेदन दिएका छन् ।

समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै आप नेता आतिशीले पुष्टि गरेकी हुन् ।

उनले भनिन्, ‘जब उहाँ ९अरविन्द केजरीवाल० ईडीको हिरासतमा हुनुहुन्थो, उहाँको तौल सात किलो घटेको थियो। अचानक तौल घट्नु डाक्टरहरूको लागि चिन्ताको विषय हो । जमानत पाएर डाक्टरको निगरानीमा रहे पनि उहाँले आफ्नो तौल घटाउन सक्नु भएको छैन । प्रारम्भिक परीक्षणहरूले संकेत गरेको छ कि उहाँमा केटोन स्तर धेरै उच्च छ।’

आतिशीले किटोन लेभल उच्च हुनुका साथै एक्कासी तौल घट्नुका कारण क्यान्सर र मिर्गौला जस्ता गम्भीर रोगको जोखिम हुन सक्ने बताइन् ।

उनले यही कारणले गर्दा डाक्टरहरूले केजरीवाललाई पूरै शरीरको पीईटी स्क्यान र अन्य धेरै परीक्षण गर्न भनेका छन्।

ईडीले दिल्लीको कथित रक्सी घोटालामा अरविन्द केजरीवाललाई पक्राउ गरेको थियो । उनलाई सर्वोच्च अदालतले जुन २ सम्म अन्तरिम जमानतमा रिहा गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved