सातदोबाटोमा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु

नेपालभ्युज

सातदोबाटोमा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु

काठमाडौं । ललितपुरको सातदोबाटोमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार दिउँसो बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिँदा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाका ४० वर्षीय अप्सरा दाहालको मृत्यु भएको हो ।

ना ८ छ ७५०६ नम्बरको ट्रकले दाहाललाई ठक्कर दिएको थियो ।

घाइते भएकी उनलाई उपचारको क्रममा पाटन अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको ललितपुर जिल्ला प्रहरी परिसरका एपसी नरेशराज सुवेदीले जानकारी दिए ।

ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको एसपी सुवेदीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved