सभामुख हुँदा रामचन्द्र पौडेलले अहंकार देखाएको ओलीको आरोप

नेपालभ्युज

सभामुख हुँदा रामचन्द्र पौडेलले अहंकार देखाएको ओलीको आरोप

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष शर्मा ओलीले रामचन्द्र पौडेलले सभामुख हुँदा अहंकार देखाएको आरोप लगाएका छन् । नेकपा एमाले केन्द्रीय कार्यालयमा राष्ट्रपतिको निर्वाचन केन्द्रित भेलामा सम्बोधन गर्दै उनले सभामुखको अधिकार प्रयोग गरेर पौडेलले सांसदहरूको अधिकार खोसेको आरोप लगाएका हुन् ।

एमालेबाट प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभा सांसदहरूलाई प्रशिक्षण दिँदै ओलीले पौडेलले प्रजातन्त्रका लागि लामो समयदेखि भूमिका खेलेको स्मरण भने गरे ।

उनले विगत सम्झँदै भने, ‘मैले संसदमा २०५५ साल साउनमा कालापानी क्षेत्रमा भारतीय सेना छ । नेपालको भू–भागमा भारतीय सेना रहेको विषयमा छलफल गरौँ भन्दा उहाँले छलफलको विषय नै होइन भनेर सभामुखको अधिकार प्रयोग गरेर सांसदहरुको अधिकार खोस्नु भएको थियो ।’

रामचन्द्र पौडेल २०५१ सालको प्रतिनिधिसभामा सभामुख निर्वाचित भएका थिए । उनले एमाले फुटाउन पनि पौडेलले भूमिका खेलेको आरोप लगाए । ‘संसदीय बेठीक अभ्यासको सुरुवात गर्ने उहाँ नै हो । केही पनि पालना गर्नु नपर्ने जे पनि कुल्चिन मिल्ने व्यक्ति हो,’ उनले भने ।

व्यक्तिगत रुपमा पौडेल आफ्नो साथी भए पनि सभामुखमा जस्तै राष्ट्रपतिमा पनि काम नलाग्ने मान्छेको रूपमा ओलीले चित्रण गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved