माओवादीलाई अपराधी बनाउन खोजिँदैछ, इतिहास दोहोरिन सक्छ हेक्का रहोस् : विप्लव

नेपालभ्युज

माओवादीलाई अपराधी बनाउन खोजिँदैछ, इतिहास दोहोरिन सक्छ हेक्का रहोस् : विप्लव

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादीलाई अपराधी बनाउन खोजिएको भन्दै यदि त्यसो भएमा इतिहास दोहोरिन सक्ने भन्दै चेतावनी दिएका छन्।

शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले भने ‘जनयुद्ध हाँकेका माओवादीहरूलाई हत्यारा ठहर गर्ने चेष्टा कसैले नगरे हुन्छ।’

माओवादीलाई अपराधी र हत्यारा भन्नेलाई ठेगान लगाउने भन्दै दुई सय वर्षसम्म नेपालीलाई चुसेर अर्बौं सम्पत्ति थुपार्नेहरू अपराधी हुन् कि जनताको अधिकारका लागि लड्नेहरू अपराधी ? भन्ने प्रश्नसमेत गरे। उनले भने–‘यस्तै हो भने इतिहास दाहोरिन सक्छ, हेक्का राखे हुन्छ।’

उनले अहिले आफूहरूलाई अपराधी बनाउन खोजिने गरी व्याख्या गर्नेहरूलाई जनयुद्धमा भेटेको भए त्यहीं सिध्याइदिने पनि उल्लेख गरे । ‘इतिहास दोहोरिने बेला हुँदैछ। फेरि जनताको आशामा इतिहास दोहोरिन सक्छ। माओवादीहरू एक हुन सक्छन्, फेरि जनक्रान्ति हुन सक्छ’ उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved