पर्वतमा स्थानीयले बोकेर हिँडे चितुवा, प्रहरीलाई बुझाएपछि मर्‍यो

चितुवाले बिहान एक महिलालाई आक्रमण गरी सामान्य घाइते बनाएपछि स्थानीयले कटपीट गरेर नियन्त्रणमा लिएका थिए। सामाजिक सञ्जालमा स्थानीय एक युवाले चितुवा बोकेर हिँडेको भिडिओ भाइरल बनेको छ।

नेपालभ्युज

पर्वतमा स्थानीयले बोकेर हिँडे चितुवा, प्रहरीलाई बुझाएपछि मर्‍यो

काठमाडौं। पर्वतमा स्थानीयबासिन्दाले नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको चितुवा मरेको छ। पर्वतको फलेवास नगरपालिका २ गहतेमा शुक्रबार बिहान एउटा चितुवालाई स्थानीयले नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाए पनि बाँच्न सकेन।

चितुवाले  बिहान मात्रै एक जना महिलालाई आक्रमण गरी सामान्य घाइते बनाएपछि स्थानीयले कटपीट गरेर नियन्त्रणमा लिएका थिए।

चितुवालाई अर्धचेत अवस्थामा वन कार्यालयमा बुझाएकोमा मरेको खबर पाएका पर्वत प्रहरीले जनाएको छ। सामाजिक सञ्जालमा स्थानीय एक युवाले चितुवा बोकेर हिँडेको भिडिओ भाइरल बनेको छ।

२ वर्षअघि पर्वतमै एक चितुवालाई नियन्त्रणमा लिएर स्थानीयले घाँटीमा डोरी बाँधेर डोर्‍याउँदै बजार डुलाएका भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved