आईएमई पेबाट होली इभेन्टको टिकट खरिद गर्न सकिने

नेपालभ्युज

आईएमई पेबाट होली इभेन्टको टिकट खरिद गर्न सकिने

काठमाडौं। आईएमई पेले यो वर्षको होलीको लागि विभिन्न इभेन्ट आयोजकहरूसँग आबद्ध भई सो इभेन्टहरूको टिकट प्रदायकको रुपमा रहने जनाएको छ ।

ग्राहकवर्गहरूलाई आफ्नो मित्रजन तथा परिवारसँग होली मनाउन सजिलै टिकट उपलब्ध गराउने उद्देश्यका साथ आईएमई पेले होली इभेन्ट टिकटिङ सुविधा प्रदान गरेको हो ।

आईएमई पेमा ग्राहकवर्गहरूले ३ फरक–फरक होली इभेन्टको टिकट प्राप्त गर्न सक्नेछन् । सो इभेन्टहरूमा कलरेल्ला, अन्नपूर्ण होटल, कलर स्प्ल्यास, द मल्ल होटल, होली फिएस्ता २०२३, सिद्दार्थ बुटिक होटल रहेको छ ।

यी इभेन्टहरू क्रमशः रेडियो नागरिक, मेराकी इन्टरटेनमेन्ट, र अर्बन इन्टरटेनमेन्ट आयोजना गरेका हुन् । ग्राहकवर्गले आईएमई पेबाट टिकट खरिद गर्दा डोर सेल्सको टिकट मूल्यभन्दा थोरै मूल्यमा पाउन सक्नेछन् । टिकट खरिद गर्न, आईएमई पे एपको ‘इभेन्ट’ सेवाभित्र उपलब्ध छ।

‘आईएमई पे’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आईएमई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा ‘आईएमई पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो ।

यस्तो अनुमति पाउने आईएमई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved