‘मिशन ग्रासरूट’मा भीम रावल, समर्थनमा कार्यकर्ताको नारा

नेपालभ्युज

‘मिशन ग्रासरूट’मा भीम रावल, समर्थनमा कार्यकर्ताको नारा

अछाम । नेकपा (एमाले) का नेता डा. भीम रावल पार्टीको काममा सक्रिय हुन थालेका छन् ।

गत मंसिर ४ मा सम्पन्न भएको निर्वाचनमा टिकट नपाएपछि पार्टीमा त्यत्ति सक्रिय नदेखिएका उनी शुक्रबार भने पार्टीको सङ्गठन सुधार अभियान ‘मिशन ग्रासरूट’ मा देखिएका हुन् ।

शुक्रबार एमालेको साँफेबगर नगर समितिले यहाँ अछाममा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनी आइपुगेका हुन् । उनी यहाँ आउँदा कार्यकर्ताहरूले समर्थनमा नाराबाजी गरेका थिए । उनीहरूले ‘डा. भीम रावल, जिन्दावाद’, ‘आयो आयो, सूर्य आयो’ जस्ता नारा लगाएका थिए ।

पार्टीको ९औं महाधिवेशनबाट उपाध्यक्ष पदमा निर्वाचित रावल १०औं महाधिवेशनमा अध्यक्ष बन्न चाहन्थे । यसपछि उनले केपी शर्मा ओलीसँग प्रतिस्पर्धासमेत गरेका थिए, तर पराजित भए ।

त्यसयता पार्टी अध्यक्ष ओलीसँग खासरूपमा सङ्गठनात्मक तथा सैद्धान्तिक मिलनमा नरहेका रावलले टिकट पाएनन् । त्यसपछि खास-खास राष्ट्रिय मुद्दाबारे मात्रै बोलेर बसेका उनी पुन: पार्टी काममा फर्किएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved