देउवाद्वारा यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई

नेपालभ्युज

देउवाद्वारा यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई
फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाइ दिएका छन् । सभापति देउवाले  बिहिबार सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिएका हुन् ।

उनले भनेका छन्, ‘श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई तथा शुभकामना ।’ दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा युएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएको हो ।

सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved