भारतबाट बढेर आयो खाना पकाउने ग्याँसको मूल्य

नेपालभ्युज

काठमाडौं ।  भारतीय आयल कर्पोरेसन (आईओसी) ले इन्धनको नयाँ लागत मूल्य नेपाल आयल निगमलाई पठाएको छ ।

नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसको मूल्य बढेको छ भने  डिजल तथा पेट्रोलको मूल्य घटेको छ ।

निगमलाई प्राप्त नयाँ मूल्यअनुसार  डिजलको लागत ५ रुपैयाँ ५ पैसा, पेट्रोल १ रुपैयाँ २१ पैसा  र  मट्टीतेलमा ३ रुपैयाँ ४० पैसा  घटेको छ ।

यस्तै  हवाई इन्धनको लागत ७ रुपैयाँ ३ पैसाले   घटेको छ भने खाना पकाउने ग्याँसको लागत भने  प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेको निगमले जनाएको छ  ।

पछिल्लो  मूल्यसूचीअनुसार पनि निगमलाई १५ दिनमा ४४ करोड रुपैयाँ नाफा रहेको छ ।

निगमले लागत मूल्यअनुसार नेपाली बजारमा इन्धनको मूल्य घटाउने वा बढाउने निर्णय भने गरिसकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved