सोमालियाका पचास लाख नागरिक खाद्य सङ्कटमा

नेपालभ्युज

सोमालियाका पचास लाख नागरिक खाद्य सङ्कटमा

काठमाडौं। राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको सोमालियामा कम्तीमा पनि ५० लाख मानिस खाद्य सङ्कटमा परेका बताइएको छ । संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले सो कुराको जानकारी हालै मात्र दिएका समाचारमा जनाइएको छ । सोमालियाली अधिकारीहरूले यसअघिदेखि नै देशमा खाद्यान्नको संकट परेको बताउने गरेका थिए ।

यहाँ खाद्य सङ्कटमा परेकामध्ये कम्तीमा पनि एक लाख जना त अहिले नै भोकमरीमा परेका बताइएको छ । खाद्यान्नसम्बन्धी विज्ञलाई उद्धृत गर्दै संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियोग गुटरेसका प्रमुख प्रवक्ता स्टेफन डुजारिकले सोमालियाको अवस्था निकै खराब बन्दै गएको बताउनुभएको छ ।

उहाँका अनुसार सोमालियाका अनुमानित १८ लाख बालबालिका कुपोषणमा परेका छन् र तीमध्ये करिब पाँच लाख जनाको अवस्था नाजुक रहेको छ। अहिले नै यहाँ खाद्यान्नसम्बन्धी आवश्यक व्यवस्था गर्न नसक्ने हो भने यस देशमा खाद्यान्नको चरम संकट पर्दै जानेतर्फ सबैले ध्यान दिनुपर्ने उनले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved