सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन कायमै

रास्वपाको आज बसेको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने पुरानै निर्णय यथावत् राखेको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

नेपालभ्युज

सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन कायमै

काठमाडौं। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राखेको छ ।

रास्वपाको आज बसेको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने पुरानै निर्णय यथावत् राखेको महामन्त्री मुकुल ढकालले जानकारी दिए । उनले भने, ‘हाम्रो एजेन्डा यो होइन, मिडियालाई चासो लागेको मात्रै जस्तो लाग्यो।’

हामी त उपचुनावको लागि निर्वाचन आयोगलाई केन्द्रीय समितिको माइन्युट सहितको डकुमेन्ट  बुझाउनुपर्ने भएर बैठक बसिएको मात्रै हो’ महामन्त्री ढकालले भने–‘राष्ट्रपति निर्वाचनका्े बारेमा पनि छलफल गरेकै होइनौं, २५ गते चुनाव छ अहिले किन हतार गर्ने ? यो पनि पछि छलफल हुन्छ।’

तर, राष्ट्रपति निर्वाचनका सन्दर्भमा दुवै पक्षले मत मागेको भए पनि पार्टीमा निर्णय नगरिएको उनले बताए । रास्वपा अहिले सरकारमा भने छैन। पार्टी सभापति रवि लामिछानेको नागरिकता मुद्दाको फैसलापछि मन्त्री र सांसद पद खारेज भएको भन्दै रास्वपाले अन्य मन्त्रीलाई समेत राजीनामा गर्न लगाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved