भारतको प्रष्टीकरण- चीनबाट प्याजको निर्यातमा कुनै प्रतिबन्ध लगाइएको छैन

नेपालभ्युज

भारतको प्रष्टीकरण- चीनबाट प्याजको निर्यातमा कुनै प्रतिबन्ध लगाइएको छैन

नयाँ दिल्ली । भारत सरकारले दक्षिण एशियाली मुलुक चीनबाट प्याजको निर्यातमा कुनै प्रतिबन्ध नलगाइएको तर प्याजको बीउको निर्यातमा प्रतिबन्ध लगाइएको जनाएको छ ।

संघीय वाणिज्य तथा उद्योग मन्त्रालयका अनुसार सन् २०२२ को अप्रिलदेखि डिसेम्बरसम्म भारतले ५२ करोड ३८ लाख अमेरिकी डलर बराबरको प्याज निर्यात गरेको छ ।

मन्त्रालयले भनेको छ, ‘सरकारले प्याजको निर्यातमा कुनै रोक लगाएको छैन । प्याजको वर्तमान निर्यात नीति ‘स्वतन्त्र’ छ । प्याजको बीउको निर्यात मात्र ‘प्रतिबन्धित’ छ र त्यो पनि विदेश व्यापार महानिर्देशनालयको अनुमतिमा गरिएको हो,’ मन्त्रालयले भनेको छ ।

शनिबार संघीय वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलले एक विज्ञप्ति जारी गरी भारतबाट अन्य देशमा प्याज निर्यातमा प्रतिबन्ध लगाउने समाचार भ्रामक भएको बताएका छन् । ‘भारतबाट कुनै पनि देशमा प्याज निर्यातमा कुनै प्रतिबन्ध छैन र यसको विपरीत भ्रामक अभिव्यक्ति दिनु दुर्भाग्यपूर्ण छ,’ उनले भने ।

वास्तवमा, सन् २०२२ को जुलाईदेखि डिसेम्बरसम्म, प्याजको निर्यात हरेक महिना चार करोड अमेरिकी डलरभन्दा माथि पुगेको छ, जसले हाम्रा अन्नदाताहरूलाई फाइदा पुर्‍याएको छ,’ विज्ञप्तिमा भनिएको छ । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved