पूर्वराजा ज्ञानेन्द्र शाहलाई मोदीको चेतावनी

नेपालभ्युज

पूर्वराजा ज्ञानेन्द्र शाहलाई मोदीको चेतावनी

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अनावश्यक कुरा बोल्नुभन्दा आफ्नो हैसियतमा बस्न चेतावनी दिएका छन्।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आयोजना गरेको फोनिज युके ‘पत्रकारिता सम्मान’ तथा पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री मोदीले पूर्वराजा ज्ञानेन्द्रलाई ठीक्क बोल्न र आफ्नै ठाउँमा बस्न चेतावनी दिएका हुन्।

मन्त्री मोदीले एकाध हजार मान्छे जम्मा हुँदैमा पूर्वराजाले ‘म नै राजा हुँ’ भन्ने सोचिरहेको भन्दै त्यस्तो नसोच्न पनि सुझाव दिए । देशमा गणतन्त्र आइसकेको र जनताको छोराछोरी राष्ट्रपति बन्न पाउने भन्दै उनले कसैले भन्दैमा देश पश्चगमनतर्फ नफर्कने बताए ।

मन्त्री मोदीले पूर्वराजा शाहलाई आफूहरूले सम्मानपूर्वक नै ठीक ठाउँमा राखेको भन्दै त्यहाँबाट कतै नजर लगाउने काम नगर्न चेतावनी पनि दिए । दलहरूले देशलाई ठीक दिशा दिइरहेको भन्दै उनले दलहरूको विरोध नगर्न र जनतालाई नभड्काउन समेत खबरदारी गरे ।‘

एक, दुई हजार मान्छे जम्मा हुँदैमा फेरि पनि म हुँ भन्ने सोच हो भने त्यो पूरा हुँदैन’ उनले भने –‘देशमा गणतन्त्र आइसकेपछि जनताको छोरा राष्ट्रपति हुने हो राजा हुने होइन।’

मन्त्री मोदीले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेकोसमेत बताए । उनले देशको राजनीतिक अवस्था परिवर्तनका निम्ति पत्रकारहरूको ठूलो योगदान रहेको भन्दै नेपाली पत्रकारिताको प्रशंसासमेत गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved