क्यानले आईसीसीलाई बुझाएको प्रारम्भिक सूचीमा सन्दीप परेनन्

नेपालभ्युज

क्यानले आईसीसीलाई बुझाएको प्रारम्भिक सूचीमा सन्दीप परेनन्

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को यूएई शृंखलामा सहभागी हुने नेपाली क्रिकेट टोलीमा सन्दीप लामिछने अटाएका छैनन्। यूएई जाने प्रारम्भिक टोलीको सुचीमा सन्दीपलाइ समावेश नगरिएको हो ।

कानुनी अवरोध सिर्जना हुने भएपश्चात् आईसीसीलाई पठाएको प्रारम्भिक टोलीको सूचीमा सन्दीपको नाम समावेश नगरिएको क्यानले नेपालभ्युजलाई बताएको छ।

क्यानका अनुसार सन्दीपलाई विदेश जानमाथि लगाइएको रोक फुकुवा गरेको खण्डमा सन्दीपलाई समावेश गर्न मिल्ने छ। क्यानले टोलीबारे औपचारिक घोषणा भने शुक्रबार गर्नेछ।

यूएईमा फागुन १५ देखि २२ सम्म हुने नेपालले युएई र पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली टोलीले फागुन १५ गते पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली टोली १३ गते यूएई जाँदैछ ।

जिल्ला अदालत काठमाडौंमा नाबालिग बलात्कारको अभियुक्त सन्दीप लामिछानेको मुद्दा विचाराधीन छ । उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा सन्दीपलाई जेल बाहिर रहेर मुद्दा लड्न आदेश दिएको थियो।

जेलबाट निस्किएपश्चात् क्यानले सन्दीपको निलम्बन फुकुवा गरेको थियो। यससँगै घरेलु मैदानमा भएको लिग–२ को भएको स्कटल्यान्ड र नामिबियासँगको सिरिजमा राष्ट्रिय क्रिकेट टोलीमा सन्दीपलाई समावेश गरिएको थियो।

धरौटीमा जेलबाट निस्किएका सन्दीपलाई उच्च अदालतले विदेश जानमा भने रोक लगाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved