माधव नेपाललाई भेटेलगत्तै बालुवाटार पुगेर प्रचण्डसँग देउवाको छलफल

नेपालभ्युज

माधव नेपाललाई भेटेलगत्तै बालुवाटार पुगेर प्रचण्डसँग देउवाको छलफल

काठमाडौं ।  राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराउने मिति नजिकिँदै जाँदा राजनीतिक दलका नेताहरुले भेटघाटलाई तिव्र पारेका छन् ।

सोही क्रममा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति निर्वाचनमा कांग्रेसले दिने  राष्ट्रपतिको उम्मेदवारीमा सघाउन औपचारिक आग्रह गरेपछि सभापति देउवाले प्रधानमन्त्री प्रचण्डलाई दोस्रोपटक भेटेका हुन् ।

यसअघि देउवाले आफ्नो  निवास धुम्बाराहीमा  एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग छलफल गरेका थिए ।

छलफलमा कांग्रेस सभापति देउवासँगै रामचन्द्र पौडेल र  गगन थापालगायत थिए भने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित  बेदुराम भुसाल र घनश्याम भुसाल सहभागी थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved