त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुले लगायो ताला

त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसहरूको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मुखमा एमाले निकट अनेरास्ववियुले त्रिचन्द्र क्याम्पसमा तालाबन्दी गरेको छ।

नेपालभ्युज

त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुले लगायो ताला

काठमाडौं। त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसहरूको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मुखमा एमाले निकट अनेरास्ववियुले त्रिचन्द्र क्याम्पसमा तालाबन्दी गरेको छ।

विद्यार्थीको भर्नाको विषयलाई लिएर अनेरास्ववियुले क्याम्पस तालाबन्दी गरेको हो। त्रिचन्द्र क्याम्पसमा नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्ववियु जित्दै आएको हुँदा निहुँ खोज्न मात्र तालाबन्दी गरेको एक विद्यार्थी नेताले बताए।

प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन त्रिविमा विगत एक दशकदेखि हुनसकेको छैन।
प्रत्येक दुई–दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन। २०६५ साल चैत ६ गतेपछि एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते स्ववियु निर्वाचन भएको थियो।
अनेरास्ववियुले निर्वाचन भाँड्ने षड्यन्त्र अनुसार तालाबन्दी गरेको नेविसंघको आरोप छ।

निर्वाचन प्रक्रिया अनुसार १२ फागुनमा प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारको मनोनयनपत्र वितरण गरिने, १४ गते उम्मेदवारले मनोनयनपत्र दर्ता गराउने र १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १८ फागुनमा मतदान हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved