लिग-२ क्रिकेट

१७औं ओभरमा स्कटल्यान्डको १ सय रन, सन्दीपले लिए ३ विकेट, मुन्सेको अर्धशतक

जन्मदिन मनाइरहेका जर्ज मुन्शेले अर्धशतक बनाएका छन् । उनी ५० बलमा ६० रन बनाएर सन्दीपको बलमा आउट भएका छन् ।

नेपालभ्युज

१७औं ओभरमा स्कटल्यान्डको १ सय रन, सन्दीपले लिए ३ विकेट, मुन्सेको अर्धशतक

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत अहिले नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ । नेपालले टस जितेर बलिङ गरिरहेको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्यान्डले विष्फोटक सुरुवात गरेको छ । उसले १७ औं ओभरमा १०० रन पुरा गरेको छ । नेपालले ३ विकेट लिएको छ र ती सबै सन्दीप लामिछानेको नाममा छन् ।

जन्मदिन मनाइरहेका जर्ज मुन्सेले अर्धशतक बनाएका छन् । उनी ५० बलमा ६० रन बनाएर सन्दीपको बलमा आउट भएका छन् ।

आज नेपाली टिममा गुल्सन झाको स्थानमा ललितनारायण राजवंशीले स्थान बनाएका छन् ।

सिरिजमा नेपाल लगातार चौंथो जितको खोजीमा छ । शुक्रबार नेपालले स्कटल्यान्डलाई ३ विकेटले हराएको थियो । त्यस्तै नेपालले नामिबियाविरुद्ध दुई खेल नै जितेको थियो ।

विश्वकप लिग टूको विजेता बनिसकेको स्कटल्यान्डको यो अन्तिम खेल हो । ।

२०१९ देखि सुरु विश्वकप लिग टूमा स्कटल्यान्डको यो अन्तिम खेल हो । तीन खेल बाँकी रहँदै लिग टू को च्याम्पियन बनेको स्कटल्यान्डले नेपालसँगको खेलपछि ट्रफि पाउने छ ।

मंगलबार स्कटल्यान्डलाई पराजित गर्न सकेमा नेपालले आफ्नो एकदिवसीय क्रिकेटको इतिहासमा पहिलोपटक लगातार चार खेल जित्नेछ । यस्तै, विश्वकप लिग टू को पूरा सिरिजमा स्कटल्यान्डलाई लगातार दुई खेलमा पराजित गर्ने पहिलो टोली पनि बन्नेछ ।

नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved