ल्होसार कप-२०७९ सम्पन्न

नेपालभ्युज

ल्होसार कप-२०७९ सम्पन्न

काठमाडौं । भोटखोला ल्होसार कप-२०७९ सम्पन्न भएको छ । ल्होसारको अवसर पारेर संघर्षशील युथ क्लबले आयोजना गरेको ल्होसार कप गत फागुन १ गतेबाट सुरू भएर ७ गते सम्पन्न भएको हो ।

धर्म-संस्कृतिको माध्यमबाट भाइचारा सम्बन्ध कायम राख्ने र युवा पुस्ताहरूलाई व्यावसायिकतासँग जोड्ने ध्येयका साथ आयोजित कपमा पुरुष तथा महिला फुटबल प्रतियोगिता भएको थियो ।

काठमाडौंको सिफलमा सम्पन्न कपमा पुरुषतर्फ लालीगुराँस युथ क्लब, छुमुछुरले प्रथम स्थान हासिल गर्‍यो भने थाङ्मुछी विकास समाज, ज्वास्यारी ङाप्ताक छिगुलुङ र सेम्बुङ युथ क्लब क्रमश: दोस्रो, तेस्रो र सान्त्वना भए ।

पुरुषतर्फ उत्कृष्ट खेलाडीमा सोनाम नुप्पा गनिँदा उत्कृष्ट गोलरक्षक पेम्बा भोटिया ठहरिए । यस्तै सर्वाधिक गोलकर्तामा तक्सिक भोटिया र उदीयमान खेलाडी वाङ्जा च्याबा भोटे भए ।

यस्तै महिलातर्फ थाङ्मुछी विकास समाज आजी नुमुले प्रथम पुरस्कार प्राप्त गर्दा मुस्कान आजी नुमुले (पाङ्दोक) दोस्रो स्थान हासिल गर्‍यो ।

आयोजक संस्था संघर्षशील युथ क्लबका अध्यक्षसमेत रहेका खेल संयोजक छितेन भोटेकाअनुसार पुरुषतर्फ २४ टिमको सहभागिता रहेको थियो भने महिलातर्फ ५ टिमको सहभागिता थियो ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा प्रदेश नं. १ सांसद राजेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा समापन भएको कार्यक्रममा भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर लामा विशिष्ट अतिथिका रूपमा थिए ।

थप तस्वीरहरू हेर्नूस्;


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved