२३ अंकले घट्यो नेप्से, कारोबार १ अर्बमा खुम्चियो

नेपालभ्युज

काठमाडौं। सोमबार सेयर बजार परिसूचक २३ अंकले घट्न पुगेको छ । साताको पहिलो कारोबार भएको  यसदिन नेप्से सूचक २३.६० अंकले घट्दै २ हजार ४६.८१ अंकको विन्दुमा झरेको हो ।

नेप्से घट्दा कारोबार रकम पनि १ अर्ब ९४ करोड १६ लाख रुपैयाँमा खुम्चिन पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १ अर्ब ९४ करोड ७६ लाख २३ हजार ९९३ रुपैयाँ बराबरको ६० लाख ९१ हजार ३५३ कित्ता सेयर किनबेच भएको छ ।

आज म्युचुअल फन्ड र ट्रेडिङबाहेक अन्य ११ वटा उपसूचक ऋणात्मक भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved