कांग्रेसको उम्मेदवार नै राष्ट्रपति बन्ने महामन्त्री शर्माको दाबी

कांग्रेसको उम्मेदवार नै राष्ट्रपति बन्ने महामन्त्री शर्माको दाबी

सुर्खेत। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको उम्मेदवार नै राष्ट्रपति बन्ने दाबी गरेका छन् । आइतबार सुर्खेतमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो दाबी गरेका हुन् ।

नेपाल कांग्रेस संसदको सबैभन्दा ठूलो दल भएको र फागुन २५ गते राष्ट्रपतिका लागि निर्वाचनमा कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भएको समाचार सुन्न पाउने महामन्त्री शर्माले बताए ।

नेकपा माओवादीले एमालेसँग गठबन्धन गरी सरकार बनाए पनि चुनावका बेला कांग्रेससँग गरिएको गठबन्धनका आधारमा माओवादीले कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्ने वाचा गरेको शर्माले बताए ।

‘नेपाली कांग्रेस संसदको सबैभन्दा ठूलो दल भएका कारण पनि कांग्रेसले उठाएको उम्मेदवार राष्ट्रपति हुनेछ ।’ उनले भने, ‘यस्तै आफ्नै कारण कांग्रेसले सत्ताबाहिर आउनुपरेको भन्दै यसमा कोही कसैलाई दोष दिन हुँदैन।’

कर्णाली उत्सवमा भाग लिन आएका शर्माले कर्णालीको विकास लागि आफूले विशेषरूपमा लिएको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved