प्रचण्ड फर्केलगत्तै बालकोट पुगे चिनियाँ राजदूत

नेपालभ्युज

प्रचण्ड फर्केलगत्तै बालकोट पुगे  चिनियाँ राजदूत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न  चिनियाँ राजदूत चेन सोङ बालकोट पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष ओलीलाई भेटेर बालकोटबाट फर्कै लगत्तै शुक्रबार अपराह्न  चिनियाँ राजदूत चेन बालकोट पुगेका हुन् ।

राष्ट्रपति निर्वाचन र सत्ता समीकरणबारे सत्ता साझेदार दलबीच सहमति जुट्न नसकिरहेका बेला भएको चिनियाँ राजदूतको यो सक्रियतालाई अर्थपूर्ण रुपमा लिइएको छ ।

यसअघि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच  २ घण्टाभन्दा बढी भएको छलफलमा प्रचण्डले आफूहरु एकै ठाउँमा रहेको र गठबन्धन ठिकसँग अगाडि बढ्ने बताएका थिए  ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved