को–को हुन् चन्द्र भण्डारीसँगै मुम्बई जाने ६ जना चिकित्सक ?

नेपालभ्युज

को–को हुन् चन्द्र भण्डारीसँगै मुम्बई जाने ६ जना चिकित्सक ?

काठमाडौं। आफ्नै घरमा ग्यास सिलिन्डर लिक हुँदा आगो लागेर गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीलाई उपचारका लागि भारतको मुम्बई लैजाने तयारी भइरहेको छ ।

उनलाई मुम्बई लैजाने टोलीमा ६ डाक्टरसहित ११ जना हुनेछन् । उक्त टोलीमा क्रिटिकल केयर प्रमुख डा. प्रदीप तिवारी, एनेस्थेसिया क्रिटिकल केयर डा. बृहस्पति, डा. रोशन शर्मा, पारामेडिसियन दिनेश राई, सागर महर्जन र राज तामाङसहितको टोली जान लागेका हुन्।

चिकित्सकसँगै परिवार र नेपाली कांग्रेसका दुई कार्यकर्तासमेत मुम्बई जाने कांग्रेसले जनाएको छ ।

बुधबार राति १० बजे बुद्धनगरस्थित घरमा सिलिन्डर लिक भएर आगो लाग्दा भण्डारी र आमा हरिकला गम्भीर घाइते भएका थिए। आमा हरिकला भण्डारीको भने आज बिहान उपचारका क्रममा कीर्तिपुरस्थित अस्पतालमा निधन भइसकेको छ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved