गठबन्धन नभत्काई यी ४ काम गर्ने उपप्रधानमन्त्री नारायणकाजीको घोषणा !

नारायणकाजीले प्रतिगमनलाई टाउको उठाउन नदिनेगरी काम गर्ने बताएका छन् ।

नेपालभ्युज

गठबन्धन नभत्काई यी ४ काम गर्ने उपप्रधानमन्त्री नारायणकाजीको घोषणा !
फाइल तस्वीर

सुर्खेत। उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गठबन्धन नभत्किने बताएका छन् । बिहीबार (आज) सुर्खेत आएका उनले कसैले चाहँदैमा गठबन्धन नभत्किने बताएका हुन् ।

यसअघि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन १० दिन पनि नटिक्ने बताएका थिए । थापाको उक्त अभिव्यक्तिबारे गरिएको प्रश्नको जवाफमा नारायणकाजीले भनेका छन्, ‘गठबन्धन भत्काउनुपर्ने दबाब आइरहेको छ । तर त्यो हाम्रो चाहना होइन । कसैले भन्दैमा, चाहँदैमा गठबन्धन भत्किँदैन ।’

बरु गठबन्धन नभत्काई वर्तमान सरकारले मूलरूपमा ४ वटा कामहरू गर्ने उनले बताएका छन् ।

पहिलो, प्रतिगमनलाई टाउको उठाउन नदिनेगरी सरकारले काम गर्ने नारायणकाजीले बताए । ‘गठबन्धन फुटाएर यसका लागि काम गर्न सकिँदैन । प्रतिगमनलाई अघि बढ्न नदिइकन यो सरकारले काम गर्नेछ,’ उनले भने ।

यस्तै उनले अहिलेको सरकारले राष्ट्रियता रक्षाका लागि भरपूर काम गर्ने बताए । ‘तेस्रोमा समृद्धिको लक्ष्यका लागि यो सरकारले काम गर्नेछ,’ उनले भनेका छन् ।

यस्तै चौथो, शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नु यो सरकारको प्राथमिकता भएको बताए । ‘शान्ति प्रक्रियाका बाँकी कामहरूले पूर्णता पाइसकेका छैनन्,’ उनले भने, ‘यही सरकारले त्यसका बाँकी काम गर्नेछ । गठबन्धन भत्काएर यी कामहरू गर्न सकिन्न ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved