कुनै पनि खेलबाट नागरिकता विधेयक रोके सडक संघर्ष सुरु गर्छौं : प्रदीप यादव

नेपालभ्युज

कुनै पनि खेलबाट नागरिकता विधेयक रोके सडक संघर्ष सुरु गर्छौं : प्रदीप यादव

काठमाडौं।  जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सरकारले कुनै पनि खेलबाट नागरिकता विधेयक रोकेको खण्डमा आफ्नो पार्टीले सडक र सदनबाट संघर्ष सुरु गर्ने चेतावनी दिएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले यस्तो चेतावनी दिएका हुन्। उनले आवाजविहीनको आवाज कसले सुनिदिने ? भन्दै प्रश्न गरे। उनले जन्मसिद्ध नागरिकको सन्तानहरू नागरिकता नपाएर रुँदै आएको भन्दै उनीहरूको लागि न्याय कहिले दिने भन्दै प्रश्न गरे।

उनले कुनै पनि खेल गरेर नागरिकता विधेयक रोकेको खण्डमा आफ्नो पार्टीले सडक संघर्ष सुरु गर्ने चेतावनी दिए।

यादवले भने, ‘यो न्यायको मन्दिर हो। आवाजविहीनको आवाज कसले सुनिदिने? जन्मसिद्ध नागरिकको सन्तानका आवाज कसले सुनिदिने? रुँदै आउँछन् उनीहरू। जसका लागि न्याय दिने आज कोही छैन। यही न्यायको मन्दिर हो नि। यहीँबाट जनताले न्याय पाउने हुन् नि सभामुख महोदय।

जन्मसिद्ध नागरिकका सन्तानको के गल्ती छ ? बाबु र आमा नेपाली नागरिक हुँदाहुँदै पनि आज नागरिकता बिना भड्किरहेका छन्। म यो सरकारलाई चेतावनी दिन चाहन्छु, अब कुनै खेलले नागरिकता विधेयक रोक्ने ढिलो गर्ने प्रयास भयो भने जनता समाजवादी पार्टी सडक र सदन २ वटैमा संघर्ष गर्छ।’

सांसद यादवले संविधान जारी भएदेखि नै जन्मसिद्ध नागरिकका सन्तानहरुलाई नागरिकताविहीन अवस्थामा राख्नु विडम्बनापूर्ण भएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved