भारतीय जनता पार्टीले पायो एकै वर्ष ६ अर्ब १४ करोड भारु चन्दा

नेपालभ्युज

भारतीय जनता पार्टीले पायो एकै वर्ष ६ अर्ब १४ करोड भारु चन्दा

एजेन्सी। भारतीय जनता पार्टी भाजपाले एकै वर्ष ६ अर्ब भारु भन्दा धेरै चन्दा प्राप्त गरेको छ ।  एसोसिएशन अफ डेमोक्रेटिक रिफर्म्स अर्थात् एडीआरको रिपोर्ट अनुसार बीजेपीले २०२१-२२ मा सबैभन्दा धेरै चन्दा प्राप्त गरेको छ।

एडीआर रिपोर्टमा भनिएको छ कि २०२१-२२ मा भाजपाले ६ सय १४ करोड रुपैयाँ र कांग्रेसले ९५ करोड रुपैयाँ चन्दा प्राप्त गरेको छ। यसबारे भाजपा र कांग्रेस आफैंले बताएका छन्। यो रकम ४ हजार ९ सय ५७ चन्दाबाट प्राप्त भएको भाजपाले जनाएको छ ।

अर्कोतर्फ कांग्रेसले १ हजार २५५ चन्दाबाट यो रकम प्राप्त गरेको बताएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार मायावतीको बहुजन समाजवादी पार्टीले २०२१-२२ मा २० हजार रुपैयाँभन्दा बढी चन्दा नपाएको बताएको छ ।

२०२१-२२ मा राष्ट्रिय दलहरूले प्राप्त गरेको चन्दा ३१ प्रतिशतले बढेर १ सय ८७ करोड पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved