केही ठाउँमा बादल, पानी पर्ने सम्भावना छैन

नेपालभ्युज

केही ठाउँमा बादल, पानी पर्ने सम्भावना छैन

काठमाडौं ।  देशका केही ठाउँमा बादल लागेको छ । प्रदेश एक,  बाग्मती  र गण्डकी प्रदेशका केही ठाउँमा गएरातीदेखि बादल लागेको छ । तर  हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले पानी पर्ने सम्भावना पनि नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो पनि  प्रदेश एक, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। केही उच्च पहाडी र हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved