प्रधानमन्त्रीद्वारा मेडिकल कलेजको निरीक्षण, छिटै सञ्चालनमा आउने आश्वासन

नेपालभ्युज

प्रधानमन्त्रीद्वारा मेडिकल कलेजको निरीक्षण, छिटै सञ्चालनमा आउने आश्वासन

धनगढी। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका मन्त्रीहरूले कैलालीस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा) मेडिकल केलेजको अवलोकन गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री प्रचण्ड सोमबार पहिलोपटक सुदूरपश्चिम प्रदेश पुगेका हुन् ।

सरकारले आइतबार मात्रै विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । सञ्चालनको प्रारूपमा अन्योलता हुँदा संरचना निर्माण भएर पनि मेडिकल कलेज सञ्चालन हुन सकेको थिएन । प्रधानमन्त्री प्रचण्डले आफू पहिलेदेखि नै मेडिकल कलेज संग जोडिएको जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले कैलालीको गेटास्थित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय देशकै नमुना स्वास्थ्य विश्व विद्यालय बन्ने बताए । उनले यस क्षेत्रमा सबै नागरिकको मागबमोजिम सरकारले निर्णण गरेको बताए ।

सरकारले आइतबार मात्रै विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । सञ्चालनको प्रारूपमा अन्योलता हुँदा संरचना निर्माण भएर पनि मेडिकल कलेज सञ्चालन हुन सकेको थिएन । तर अब छिटै यो सञ्चालनमा आउने जानकारी दिए । प्रधानमन्त्रीले विकासे योजनाको निरीक्षण पहिले पनि सुदूरपश्चिमबाट गरेको र अहिले पनि यहीँबाट आफूले अनुगमन यतैबाट सुरु गरेको बताए ।

मेडिकल कलेजमा सुरुदेखि अन्योलता

सरकारले आर्थिक वर्ष २०६६-०६७ मा मेडिकल कलेज निर्माण स्थापना गर्न घोषणा गरेको थियो । तर, प्रारूपबारे २०६५ देखि नै अन्योलता देखिएको हो । यहाँ ७ प्याकेजमा २६ वटा संरचना निर्माण भएको छ । जहाँ छात्र-छात्रा छात्रावास, चिकित्सक आवास कक्ष, कुरुवा, शवदाह घर, अक्सिजन प्लान्ट र थप ३ सय शय्याको अस्पतालको भौतिक संरचना निर्माण भएका छन् ।

साविक डीपीआर अनुसार ८ अर्ब ५० करोड लागत अनुमान गरिएको थियो । यद्यपि, सम्पूर्ण निर्माणसहित सञ्चालनको लागि १५ अर्ब लागत अनुमान गरिएको थियो । २०७७ असारसम्ममा निर्माणको कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । भने आव २०७७-०७८ देखि पढाइ सञ्चालन गर्ने सरकारी लक्ष्य थियो । तर, हालसम्म नभएको त्यो हुन सकेको छैन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved