साउथह्याम्पटनले गर्यो नाथन जोन्सलाई बर्खास्त

नेपालभ्युज

साउथह्याम्पटनले गर्यो नाथन जोन्सलाई बर्खास्त

काठमाडौं। साउथह्याम्पटन फुटबल क्लबले मुख्य प्रशिक्षक नाथन जोन्सलाई बर्खास्त गरेको छ । साउथह्याम्पटनले आइतबार नाथनलाई बर्खास्त गरेको जनाएको हो ।

नाथनले साउथह्याम्पटनसँग साढे ३ वर्षको सम्झौता गरे पनि नियुक्ति गरेको तीन महिनामै नाथनलाई बर्खास्त गरिएको हो।

उनको प्रशिक्षणमा क्लबले १४ खेलमा ९ पराजय व्यहोरेको थियो । २२ खेलमा १५ अंक जोडेको साउथह्याम्पटन अंक तालिकाको पुछारमा छ ।

साउथह्याम्पटनले मुख्य प्रशिक्षक राल्फ हसेनहटलको बर्खास्तपछि नाथनलाई नियुक्त गरिएको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved