आठौं प्रधानसेनापनि म्याराथन उपाधि आर्मीका राजन रोकायलाई

नेपालभ्युज

आठौं प्रधानसेनापनि म्याराथन उपाधि आर्मीका राजन रोकायलाई

काठमाडौं। आठौं प्रधानसेनापति खुला म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायले जितेका छन् । ४२.१९५ किलोमिटर म्याराथनको शीर्ष तीनमा आर्मीकै धावकहरूको वर्चश्व रह्यो ।

नेपाल आर्मीको मुख्यालय भद्रकालीमा शनिबार आयोजित म्याराथनमा राजनले निर्धारित दूरी २ घण्टा २० मिनेट ८ सेकेन्डमा पूरा गरे ।

गत मंसिरमा सम्पन्न नेपालगञ्ज  म्याराथनको उपाधि जितेका आर्मीकै खडकबहादुर खड्काले २ घण्टा २१ मिनेट ४३ सेकेन्डमा दूरी पूरा गरी दोस्रो हुँदा अघिल्लो संस्करणका च्याम्पियन कृष्ण बस्नेत तेस्रो भए । उनले २ घण्टा २२ मिनेट २२ सेकेन्डको टाइमिङ निकाले ।

हाफ म्याराथनतर्फ पुरुषमा आर्मीकै दीपक अधिकारी र महिलामा नेपाल पुलिसकी राजपुरा पछाईले उपाधि जिते ।

दीपकले १ घण्टा ४ मिनेट ६ सेकेन्डसहित उपाधि जित्दा आर्मीकै मुकेश पाल १ घण्टा ४ मिनेट ५६ सेकेन्डको टाइमिङसहित उपविजेता बने । १ घण्टा ५ मिनेट १५ सेकेन्डमा दूरी पूरा गरेका बाग्लुङका तीर्थ पुन तेस्रो भए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved