२५ वर्षपछि प्रहरी चौकी पुनर्स्थापना

२५ वर्षपछि प्रहरी चौकी पुनर्स्थापना

सुर्खेत। कालीकोटमा फुकोट प्रहरी चौकी २५ वर्षपछि पुनर्स्थापना गरिएको छ । सशस्त्र द्वन्द्वकालमा सुरक्षाका कारणले विस्थापित भएको प्रहरी चौकी २५ वर्षपछि शुक्रबार पुनर्स्थापना भएको हो ।

कालीकोट रास्कोट नगरपालिका–९ फुकोटमा (साविकको फुकोट गाविस) रहेको फुकोट प्रहरी चौकी विसं.१९८१ सालमा तत्कालीन राणाकालीन समयमा स्थापित भएको थियो ।

शसस्त्र द्वन्द्वकालमा रहेको बेला विसं.२०५४ सालमा विस्थापित भएको प्रहरी चौकी पुनर्स्थापना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटमा प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिए । ‘तत्कालीन सुरक्षाका कारण प्रहरी चौकी नजिकैको इलाका प्रहरी कार्यालयमा रास्कोटमा सारिएको थियो ।’ उनले भने,‘स्थायी प्रहरी चौकी भएका कारणले पुनर्स्थापना गरिएको छ ।’

प्रहरी चौकीमा एक जना प्रहरी सहायक निरीक्षकसहित १० जना प्रहरीको दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रिमालले बताए ।
स्थानीयवासीको माग र सुरक्षा संवेदनशीलताका आधारमा चौकी पुनर्स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए ।

प्रहरीलाई शान्ति सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न र लामो इतिहास बोकेको प्रहरी चौकी पुनर्स्थापनाले स्थानीयबासी उत्साहित भएको रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाहीले बताए । प्रहरी बस्ने भवन रास्कोट नगरपालिकाले उपलब्ध गराएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved