कांग्रेस प्रवक्ता महतको टिप्पणी- राष्ट्रपतिको सम्बोधन सरकारको नीति तथा कार्यक्रम जस्तो

नेपालभ्युज

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा सांसद डा.प्रकाशशरण महतले राष्ट्रपतिको सम्बोधन सरकारको नीति तथा कार्यक्रम जसरी आएको बताएका छन्  । उनले सम्बोधनमा सबैको इच्छापत्र जस्तो कुरा आएको टिप्पणी गरे । सरकारको नीति कार्यक्रममा आउने विषय अहिले नै आएको उनको  भनाई छ ।

‘राष्ट्रपतिको सम्बोधन नीति तथा कार्यक्रम जसरी आएको छ  सबको इच्छापत्र समेटिएको जस्तो कुराहरु आएका छन्’, उनले भने, सामान्यतया यस्ता विषयहरु नीति कार्यक्रम प्रस्तुत गर्दा  आउँछ । यो अहिले नै आएको छ त्यसमा धेरै अरु टिप्पणी गर्नुपर्ने कुराहरु छैन ।’

सरकारको समस्या भनेकै कार्यान्वयनको समस्या रहेको बताउँदै उनले भने, ‘जतिसुकै विषयहरु उठान गरेपनि जति पटक दोहोर्‍याएपनि  मुल कुरो कार्यान्वयनमा हामी कति गम्भिर छौँ ? सरकार कति गम्भिर छ ? कसरी कर्तव्यनिष्ठताका साथ काम गर्छ त्यसमा सबैकुरो निर्भर गर्छ ।’

उनले जतिसुकै विषय उठाएपनि सरकारले कत्तिको कार्यान्वयन गर्छ भन्ने कुरामा निर्भर रहने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved