विप्लवसहित साना चार पार्टी एकता गर्दै

पार्टी केन्द्रिय समितीको निर्णय सार्वजनिक गर्न कपिलवस्तुबाट काठमाडौं आएका नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले अन्य साना पार्टीसँग एकताको लागि पहल गरेका छन्।

नेपालभ्युज

विप्लवसहित साना चार पार्टी एकता गर्दै

काठमाडौं। पार्टी केन्द्रिय समितीको निर्णय सार्वजनिक गर्न कपिलवस्तुबाट काठमाडौं आएका नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले अन्य साना पार्टीसँग एकताको लागि पहल गरेका छन्।

विप्लव नेतृत्वको नेकपा सहित विश्वभक्त दुलाल ‘आहूती’ नेतृत्वको बैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले एकता बारे शुक्रबार छलफल गरेका हुन्।

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकपछि नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै पार्र्टी एकता, कार्यगत एकता र संयुक्त मोर्चाका लागि आगामी फागुन १५ गते चार पार्टीको बैठक बस्ने जानकारी गराएका छन्।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दुईदिन अघि पत्रकार सम्मेलन गर्दै विचार र एजेण्डा मिल्नेसँग एकता गर्ने निर्णय सुनाएको थियो।

यी मध्यको कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले हिजो मात्रै नेकपा माओवादी केन्द्रसँग एकता गर्ने भन्दै माओवादी उपाध्यक्ष कृष्णबहादुर महरासँग भेट गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved