साफ यू-२० च्याम्पियनसिपमा बंगलादेशसँग नेपाल पराजित

नेपालभ्युज

साफ यू-२० च्याम्पियनसिपमा बंगलादेशसँग नेपाल पराजित

काठमाडौं । साफ यू-२० च्याम्पियनसिपमा नेपाल घरेलुटोली बंगलादेशसँग ३-० ले पराजित भएको छ ।

बिहीबार ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको फाइनलमा नेपाल बंगलादेशसँग पराजित हुँदै उपविजेतामा सीमित भएको हो । सन् २०१८ मा भएको पहिलो संस्करणमा पनि बंगलादेशसँग पराजित हुँदै नेपाल उपबिजेता बनेको थियो ।

चार राष्ट्र सहभागि च्याम्पियनसिपको पहिलो खेलमा पनि नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको थियो ।

बिहीबार भएको फाइनलमा बंगलादेशले पहिलो हाफमा दुई गोलको अग्रता लियो । दोस्रो हाफमा एक गोल थप्दै विजयी बन्यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved