सुदूरपश्चिम प्रदेश सरकार संकटमा

भोट दिनुपर्ने सांसद काठमाडौंमै, मुख्यमन्त्री रावल कुर्दै

काठमाडौंमा रहेका नागरिक उन्मुक्ति पार्टीका ७ सांसद आज रातिसम्म धनगढी पुगेनन् भने सुदूरपश्चिम प्रदेश सरकार ढल्ने भएको छ। विश्वासको मत लिँदैछन्।

नेपालभ्युज

सुदूरपश्चिम प्रदेश सरकार संकटमा

काठमाडौं। काठमाडौंमा रहेका नागरिक उन्मुक्ति पार्टीका ७ सांसद आज रातिसम्म धनगढी पुगेनन् भने सुदूरपश्चिम प्रदेश सरकार ढल्ने भएको छ। विश्वासको मत लिँदैछन्।

२७ पुसमा मुख्यमन्त्री नियुक्त रावलले आज नै विश्वासको मत लिइसक्नु पर्दछ।

प्रदेश सभा बैठकमा विश्वासको मत जुटाउँन नसकेमा रावल स्वतः पदमुक्त हुनेछन् र संविधानको धारा १८३ (३) अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका संसदीय दलका नेता कमल बहादुर शाह मुख्यमन्त्री बन्ने छन्।

सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद आफ्ना पार्टीका संरक्षक रेशम चौधरीको रिहाइलाई ‘बटम लाइन’ बनाएर विश्वासको मतलाई बार्गेनिङ गर्दैछन्। उता दिउँसो १ बजे विश्वासको मत लिने प्रयोजन सहित प्रदेश सभा बैठक डाकिएको छ भने यता नाउपाका ७ सांसद काठमाडौंमै छन्।

विश्वासको मत नदिने निर्णय गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपि ओलीलाई दबाब दिईरहेका उनीहरू धनगढी फर्किने निश्चित छैन।

रेशम चौधरीको रिहाईको लागि लिखित प्रतिवद्धता खोजिरहेका नाउपाका सांसदले विश्वासको मत दिने\नदिने पनि टुङ्गो छैन। नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार साँझ वार्ता भएपनि कुनै निश्कर्ष आएन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved