सन् २०३० विश्वकप आयोजनाका लागि अर्जेन्टिनासहित ४ राष्ट्रको दाबी

नेपालभ्युज

सन् २०३० विश्वकप आयोजनाका लागि अर्जेन्टिनासहित ४ राष्ट्रको दाबी

काठमाडौं। अर्जेन्टिनासहित ४ दक्षिण अमेरिकी राष्ट्रले सन् २०३० को विश्वकप फुटबल आयोजना गर्नको लागि संयुक्त दाबी पेश गरेका छन् ।

अर्जेन्टिनासँगै पाराग्वे, उरुग्वे र चिल्लीले विश्वकप आयोजनाका लागि संयुक्त आधिकारिक दाबी पेश गरेका हुन्।

सन् २०३० मा विश्वकप सुरु भएको ठिक १०० वर्ष पूरा हुने भएको सो संस्करण विशेष हुनेछ । सन् १९३० मा विश्वकपको पहिलो संस्करण उरुग्वेमा आयोजना भएको थियो ।

यसअघि स्पेन, पोर्चुगल र युक्रेनले २०३० को विश्वकप आयोजनाका लागि संयुक्त दाबी गरिसकेको छ ।

फिफाले २०३० विश्वकपको आयोजक राष्ट्र सन् २०२४ मा घोषणा गर्ने जानकारी गराएको छ। सन् २०२६ को विश्वकप भने तीन राष्ट्र अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved