सुनको मूल्य प्रतितोला २ सयले बढ्यो

नेपालभ्युज

सुनको मूल्य प्रतितोला २ सयले बढ्यो

काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य  प्रतितोला रु दुई सयले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख चार हजार आठ सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ४ हजार ३ सय छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख ४ हजार १ सय थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार तीन सय १५ तोकिएको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved