सुदूरपश्चिमका मुख्यमन्त्री रावलले विश्वासको मत लिँदै, निर्णायक बनेको नाउपाले अझै निर्णय गरेन

विश्वासको मत लिने प्रयोजनको लागि आज विहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत दिन आनाकानी गरे गरेको छ । तर उसले अझै निर्णय गरेको छैन् ।

नेपालभ्युज

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले विश्वासको मत लिँदै, निर्णायक बनेको नाउपाले अझै निर्णय गरेन

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिँह रावलले आज बुधबार मुख्यमन्त्री पदको विश्वासको मत लिँदैछन् । मूख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार रावलले आज विश्वासको मत लिन लागेका हुन् । रावल मूख्यमन्त्रीमा नियुक्त भएको भोलि विहीबार ३० दिन हुँदैछ ।

विश्वासको मत लिने प्रयोजनको लागि आज विहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत दिन आनाकानी गरे गरेको छ । तर उसले अझै निर्णय गरेको छैन् ।

रावल २९ जना प्रदेश सभा सदस्यको समर्थनमा गत २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए । मन्त्रिमण्डल विस्तार र नियुक्त मन्त्रीलाई जिम्मेवारी दिन नसक्दा मुख्यमन्त्री कार्यालयसहित सातवटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीसँगै छ ।

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ । माओवादीका सभामुखबाहेक १०, एमालेका १० र राप्रपाको एक गरी सत्तापक्षमा २१ मत छ । सात सिट रहेको नागरिक उन्मुक्तिले साथ दिए मात्र सत्ता पक्षको बहुमत पुग्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved