न्यु डायमन्डलाई राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि

नेपालभ्युज

न्यु डायमन्डलाई राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि

काठमाडौं। न्यु डायमन्ड स्पोर्ट्स क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कर्भडहलमा मङ्गलबार भएको फाइनल खेलमा न्यु डायमन्डले लगातार पाँच संस्करणको साविक विजेता एपीएफलाई ३–२ को सेटमा पराजित गरेको हो।

पहिलोदेखि चौथो संस्करणमा उपाधिको लागि एपीएफ र पुलिस आमने-सामने भएका थिए। पाँचौँमा भने एपीएफ र आर्मी भिडेका थिए। पहिलो पटक फाइनल पुगेको न्यु डायमन्ड नै छैटौँ संस्करणको उपाधि जित्न सफल भयो।

प्रतिस्पर्धात्मक खेलको पहिलो सेटमा डायमन्डले एपीएफलाई २८–२६ ले पराजित गर्‍यो। दोस्रोमा एपीएफले डायमन्डलाई २५–१९ ले पराजित गर्‍यो ।

तेस्रो सेटमा डायमन्डले एपीएफलाई २५–२२ ले हरायो। चौथो सेटमा एपीएफले डायमन्डलाई २६–२४ ले पराजित गर्‍यो । पाँचौँ सेटमा डायमन्डले एपीएफलाई १५–९ ले पराजित गर्‍यो।

विजेता डायमन्डले ३ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता एपीएफले भने १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved