गर्भावस्थामा थाइराइड नियन्त्रण गर्ने खानपान

नेपालभ्युज

गर्भावस्थामा थाइराइड नियन्त्रण गर्ने खानपान

एजेन्सी । थाइराइड हर्मोन बनाउनका लागि थाइराइड धेरै मात्रामा आयोडिनको उपयोग गर्दछ । त्यसैले आयोडिन हुँदै गरेकी आमाका लागि एकदमै जरुरी खनिज बन्न जान्छ ।

गर्भावस्थाका बेला बढ्दै गरेको बच्चालाई आमाको खानपानबाट नै आयोडिन प्राप्त हुन्छ । त्यसैले यदी आमालाई थाइराइडको समस्या छ भने तपाईं उनलाई राम्रो खानपिन दिएर बच्चाको सुरक्षा गर्न सक्नुहुन्छ ।

१. प्रोटिनले भरिपूर्ण डाइट

हाइपोथायराइडिज्ममा कतिपय अवस्थामा मांसपेशीहरु कमजोर हुने गर्छन् । यस्तो अवस्थामा माछा, अण्डा, मासु तथा प्रोटिनयुक्त खानपिनले हड्डीलाई बलियो बनाउने काम गर्छ ।

२. दुधजन्य पदार्थ

पनीर, नरिवलको दुध, काजुको दुध, दही जस्ता दुग्ध पदार्थलाई आफ्नो खानपिनमा समावेश गर्न सकिन्छ । यस्ता दुग्ध पदार्थहरु क्याल्सियमले भरपूर हुने गर्दछन् जसले गर्भावस्थामा हाइपोथाइराइडिज्मलाई नियन्त्रण गर्ने काम गर्दछ ।

३. आयोडिनयुक्त खानेकुरा

आयोडिनको राम्रो स्रोतमा डेरी पदार्थ, माछा, अण्डा, मासु आदि पर्दछन् । जसमा नुनको मात्रा हुन्छ । यो थाइराइड हर्मोन बनाउनका लागि सहयोगी हुन्छ ।

४. फलफूल

फलफूलमा भिटामिन तथा एन्टीअक्सीडेन्ट तत्वहरु प्राप्त हुन्छन् । त्यसैले गर्भावस्थाका दौरान रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनका लागि स्याउ, केरा, अंगुर, अनार जस्ता फललाई आफ्नो खानपानमा सामेल गर्न सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved