टोटनहमसँग हार्यो सिटी, शीर्ष स्थान पुग्ने लक्ष्यमा धक्का

नेपालभ्युज

टोटनहमसँग हार्यो सिटी, शीर्ष स्थान पुग्ने लक्ष्यमा धक्का

एजेन्सी। इङ्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । गएराति भएको खेलमा टोटेनह्याम १–० ले विजयी भएको हो ।

टोटेनह्यामको जितमा  खेलको १५औँ मिनेटमा ह्यारी केनले गरेको गोल नै निर्णायक बन्यो । शीर्ष स्थानमा पुग्ने होडमा रहेको म्यानचेस्टर सिटीलाई हारपछि धक्का लागेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २१ खेलमा ४५ अङ्क छ । टोटेनह्यामको भने २२ खेलमा ३९ अङ्कसहित पाँचौँ स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved