संसदमा एमाले अध्यक्ष ओली र कांग्रेस सांसद खतिवडाबीच जुहारी

नेपालभ्युज

संसदमा एमाले अध्यक्ष ओली र कांग्रेस सांसद खतिवडाबीच जुहारी

काठमाडौं। प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली  र कांग्रेसका सांसद रामहरि खतिवडाबीच जुहारी चलेको छ।

अध्यक्ष ओलीको सम्बोधनमा कांग्रेस सांसद खतिवडाले नियमापत्ति जनाएका छन् ।  बैठकमा अध्यक्ष ओलीले बोल्ने क्रममा नेपाली कांग्रेस सत्तारुढ दल बन्न खोजेको भन्दै आलोचना गरेका थिए । ओलीले बोल्ने क्रममा सरकारको न्यूनतम साझा कार्यक्रममा भएका विषयबारे जानकारी गराउँदै गर्दा कांग्रेस सांसद रामहरि खतिवडाले नियमापत्ति गरे ।

खतिवडाले प्रतिनिधिसभा नियमावलीको नियम २६ अनुसार नियमापत्ति गरेको भन्दै ओलीले न्यूनतम साझा कार्यक्रमबारे बोल्न नपाउने बताए ।

‘पूर्वप्रधानमन्त्रीज्यूले न्यूनतम साझा कार्यक्रमबारे बोल्नुभयो । यो संसद चलिरहेको छ । चलेका दिनदेखि न्यूनतम साझा कार्यक्रमको अनुहार रूप र कागज हामीले देख्न पाएका छैनौं । त्यसैले कुनै बार्दलीबाट ल्याएको कार्यक्रम संसदमा प्रस्तुत नगरियोस्’ खतिवडाले भने ।

त्यसपछि, ओलीले भने खतिवडामाथि नै व्यंग्य गर्दै भने, ‘यसअघि, नेपाली कांग्रेसले प्रधानमन्त्रीले भन्दा अगाडि बोल्न पाउँ भनेर वेल घेरेका थिए, उहाँहरूले बेला-बेलामा यस्तो गरिरहनुहुन्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved