रवि लामिछानेलाई न्याय हुनुपर्ने भन्दै जुम्लामा एक युवकद्वारा आत्मदाहको प्रयास

रवि लामिछानेलाई न्याय हुनुपर्ने भन्दै जुम्लामा एक युवकद्वारा आत्मदाहको प्रयास

सुर्खेत । जुम्लामा एकजना पुरुषले आत्मदाहको प्रयास गरेका छन् । बिहीबार दिउँसो ३ बजेतिर जिल्ला प्रशासन कार्यालय जुम्लाको भवनअगाडि ‘रवि लामिछानेले न्याय पाउनुपर्छ’ भन्दै एक जना युवाले आत्महत्याको प्रयास गरेका हुन् ।

कोहलपुर नगरपालिका–१०मा स्थायी घर भएका वर्ष ४० का गोकर्ण कार्कीले रवि लामिछानेले न्याय पाउनुपर्छ भन्दै शरीरमा पेट्रोल खन्याएर आत्महत्या गर्ने प्रयास गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेन्द्र चन्दले बताए ।

‘निज कार्की शरीरमा पेट्रोल खन्याई सकेर शरीरमा आगो लगाउने तयारीमा थिए ।’ उनले भने, ‘प्रशासनकै भवनको आडमा भएकोले हामीले छिटै थाहा पाएनौं । तत्काल रोकेपछि मानवीय क्षति हुनबाट भने जोगियो ।’

आगो सल्काउन थालेका कार्कीबाट प्रहरीले लाईटर खोसेको थियो । आत्मदाहको प्रयास गर्ने कार्की कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चालक हुन् । विगत १५ वर्षदेखि प्रतिष्ठानमा काम गर्दै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved