प्रहरीको हिरासतबाट फरार भएका थप एकजना पक्राउ

नेपालभ्युज

प्रहरीको हिरासतबाट फरार भएका थप एकजना पक्राउ

जनकपुरधाम । प्रहरीको हिरासतबाट फरार भएका थप एक थुनुवा पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको हिरासतबाट फरार भएका थुनुवा क्षिरेश्वरनाथ नगरपालिका २ बस्ने २५ वर्षीय अमित मण्डल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

आइतबार राति हिरासत कक्षको पर्खाल भत्काई ६ जना थुनुवा फरार भएका थिए ।

फरार भएका थुनुवाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरबाट खटेको संयुक्त टोलीले खोजी गरेको थियो । अहिलेसम्म दुईजनालाई नियन्त्रणमा लिएको प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved