जगदम्बा स्टिल्सको सुपर साइन र ग्याल्भा प्लसका जस्तापाताको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दो

नेपालभ्युज

जगदम्बा स्टिल्सको सुपर साइन र ग्याल्भा प्लसका जस्तापाताको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दो

काठमाडौं। नेपालको पहिलो स्वचालित स्टिल उत्पादन कम्पनी जगदम्बा स्टिल्सको उत्पादन जगदम्बा सुपर साइन र जगदम्बा ग्याल्भा प्लसका जस्तापाताको अन्तर्राष्ट्रिय बजारमा माग बढेको छ।

कम्पनीले उत्पादन गर्ने जगदम्बा सुपर साइन र जगदम्बा ग्याल्भा प्लस (प्रिमियम एलुमिनियम –जिंक कलर कोटेड र प्लेन सिट तथा कोइल्स्) को निरन्तर अन्तर्राष्ट्रिय निर्यातको घोषणा गर्न पाउँदा निकै गौरवान्वित भएको कम्पनीले बताएको छ ।

कम्पनीको विज्ञप्तिमा भनिएको छ, ‘उत्पादनहरूको उत्कृष्ट गुणस्तरमा प्रतिबद्ध छ र यो बेन्चमार्कले हामीलाई भविष्यमा पनि हाम्रा उपभोक्ताहरूलाई उत्कृष्ट उत्पादनहरू प्रदान गर्न प्रोत्साहन गरेको छ ।’

रिइन्फोर्समेन्ट टीएमटी रिबारदेखि स्ट्रक्चरल र तार उत्पादनसम्मका स्टिल उत्पादनमा दुई दशकभन्दा बढी उपलब्धिहरूसहित जगदम्बा स्टिल्सले नेपालको विकासको एक हिस्सा बन्ने र नेपालको स्टिललाई विश्वव्यापी मञ्चमा प्रस्तुत गर्ने परिकल्पना जारी राखेको छ।

कम्पनीको विज्ञप्ति

नेपालको पहिलो स्वचालित स्टिल उत्पादन गर्ने कम्पनी जगदम्बा स्टिल्स जगदम्बा सुपर साइन र जगदम्बा ग्याल्भा प्लस (प्रिमियम एलुमिनियम –जिंक कलर कोटेड र प्लेन सिट तथा कोइल्स्) को निरन्तर अन्तर्राष्ट्रिय निर्यातको घोषणा गर्न पाउँदा कम्पनी निकै गौरवान्वित छ। हामी हाम्रा उच्च गुणस्तरका उत्पादन र सेवाहरूमा ग्राहकहरूको विश्वासप्रति कृतज्ञ छौं।

जगदम्बा सुपर साइन र जगदम्बा ग्याल्भा प्लस, प्रिमियम एलुमिनियम –जिंक कलर कोटेड र प्लेन सिट तथा कोइल्स्हरू जसलाई ग्याल्भाल्युम पनि भनिन्छ, यो ५५ प्रतिशत एलुमिनियम, ४३.५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकन मिश्रित कोटिंग समावेश भएको जस्तापाता हो। यी तत्वले जस्तापाताको सुरक्षासँगै उत्पादनको आयु र स्थायित्व बढाउँछ।

रिइन्फोर्समेन्ट टीएमटी रिबारदेखि स्ट्रक्चरल र तार उत्पादनसम्मका स्टिल उत्पादनमा दुई दशकभन्दा बढी उपलब्धिहरूसहित जगदम्बा स्टिल्सले नेपालको विकासको एक हिस्सा बन्ने र नेपालको स्टिललाई विश्वव्यापी मञ्चमा प्रस्तुत गर्ने परिकल्पना जारी राखेको छ।

नेपाल गुणस्तर तथा नापतौल विभागबाट एनएसः १९१ ले हाम्रो उत्पादन क्ष्क्इ ९००१ः२०१५ (गुणस्तर व्यवस्थापन प्रणाली) र क्ष्क्इ १४००१ः२०१५ (वातावरण व्यवस्थापन प्रणाली) लाई मान्यता दिँदै जगदम्बा स्टिल्सले स्टिल उत्पादनहरूका लागि सधैं गुणस्तरीय मापदण्ड सेट गर्छ। जगदम्बा स्टिल्सले कर्मचारी, समुदाय र उत्पादनको सुरक्षामा सुधार गर्ने दिगो उत्पादनलाई ध्यानमा राख्दै सधैं स्टिल उत्पादनका लागि गुणस्तरीय बेन्चमार्क मानक सेट गर्छ।

आफ्ना उत्पादनको उत्कृष्ट गुणस्तरमार्फत उपभोक्ताहरूलाई सन्तुष्टि प्रदान गर्नु प्रमुख प्रतिबद्धता र प्राथमिकता रहेको कम्पनीले जनाएको छ। ‘हाम्रा प्रत्येक उत्पादनको गुणस्तर सुनिश्चित गर्न उच्च प्रविधि, उत्कृष्ट इन–क्लास निर्माण प्लान्टहरूमा निर्मित हुन्छन्। यस शुभ अवसरमा, हामी हाम्रा उत्पादनहरू र ब्रान्डहरूप्रति ग्राहकवर्गले दिएको अटुट माया र समर्थनप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं,’ ग्राहकप्रति कृतज्ञता व्यक्त गर्दै कम्पनीले भनेको छ।

‘ग्राहकहरूको माया र समर्थनले हामीलाई तेस्रो देशमा निर्यात सुरु गर्ने नेपालको पहिलो कम्पनीको रूपमा स्थापित गरेको छ र हामी त्यसलाई निरन्तरता दिनेछौं,’ जगदम्बा स्टिल्सका प्रवक्ताले भने, ‘हाम्रो कम्पनी उत्पादनहरूको उत्कृष्ट गुणस्तरमा प्रतिबद्ध छ र यो बेन्चमार्कले हामीलाई भविष्यमा पनि हाम्रा उपभोक्ताहरूलाई उत्कृष्ट उत्पादनहरू प्रदान गर्न प्रोत्साहन गरेको छ ।

हाम्रो कम्पनी र उत्पादन बारे थप बुझ्नको लागि, कृपया कम्पनीको वेबसाइट www.jagadambasteels.com मा जानुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved