क्यानको बोर्ड बैठकमा अध्यक्ष चन्दको राजीनामा माग

नेपालभ्युज

क्यानको बोर्ड बैठकमा अध्यक्ष चन्दको राजीनामा माग

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरिएको छ । पोखरामा जारी क्यानको बोर्ड बैठकमा ७ जना केन्द्रीय सदस्यले अध्यक्ष चन्दको राजीनामा माग गरेका हुन् ।

केन्द्रीय सदस्य करण महतरा क्षेत्री, अमितवीर पाण्डे, ऋषिराम गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, छुम्बी लामा र धर्मराज गिरीले लिखित रूपमा राजीनामा माग गरेका हुन् ।

बोर्ड बैठकमा १७ वटा एजेन्डामा छलफल हुनेछ । जसमध्ये मुख्य एजेन्डा नेपाल टी–ट्वान्टी लिग प्रतियोगिता र पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाको विषयमा मुख्य एजेन्डा रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गठन गरेको कार्यदलको रिपोर्ट र राखेपको निर्देशनबारे पनि छलफल हुनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved