नेप्सेमा ४१ अंकको गिरावट, कारोबार रकम भने बढ्यो

नेपालभ्युज

काठमाडौं। सोमबार नेप्से सूचक ४१.०१ अंकको गिरावट आएको छ । सेयर बजार घटेसँगै नेप्से २१२७.५२ अंकमा ओर्लिएको हो । अघिल्लो दिन १४ अंकले घटेको नेप्से सूचक २१६८ अंकमा अडिएको थियो ।

यद्यपि, नेप्सेमा तीव्र गिरावट आए पनि अघिल्लो दिनको तुलनामा आज कारोबार भने केही बढेको छ । अघिल्लो दिन आइतबार ३ अर्ब १ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा आज सोमबार ३ अर्ब ३० करोड २२ लाख रुपैयाँ बराबरको ८८ लाख ३६ हजार ४८८ कित्ता सेयर कारोबार भएको छ ।

आज १३ वटै नेप्सेका उपसूचकहरु ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको उपसूचक ३.६१ प्रतिशतले घटेको छ भने फाइनान्स समूहको ३.४२ प्रतिशतले अन्य समूहको उपसूचक क्रमशः १ देखि २.८९ प्रतिशतसम्मले घटेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved